Monday, May 18, 2009

अस्टिन बासी नेपाली द्वारा भूटानी शरणार्थी लाई स्वागत

"तपाई हरु अब पनि आफुलाई सरनार्थी नभन्नुस तपाई हरुले तेसो भन्दा हामीलाई समेत मन दुख्छ। अब तपाई हरु नेपालीहरुको छिमेकी बन्न आइपुग्नु भएको तेसैले तपाई हरू पनि नेपाली।
टाईम्स ऑफ़ एभरेस्ट.कॉम द्वारा आयोजित अस्टिन बासी नेपाली द्वारा भूटानी सरनार्थी लाई स्वागत तथा सहयोग बिशयेक अंतर्क्रियात्मक गोष्टीमा उपस्थित समाजसेवी तथा व्यवसायी हेम पाठक को भनाई हो यो। भर्खरै नेपाल बाट टैक्सस ऑस्टिन आइपुगेका भूटानी शरणार्थी हरुलाई परेको समस्या को बारेमा जानकारी राखी सहयोग गर्ने उद्देश्य ले आयोजित सो कार्यक्रम मा , अंग्रेजी भाषा शिक्षक डा कमल राज अधिकारी जो युनिभर्सिटी ऑफ़ टैक्सस मा कार्यरत छन, साहित्यकार मोहन सिटौला, निर्मल कुमार श्रेष्ठ जो लामो समय देखि ऑस्टिन मा स्थापित व्यवसायी का रुपमा चिर परिचित छन, बहुमुखी प्रतिभाका धनि कलाकार, फोटोपत्राकर, चित्रकार तथा टाईम्स ऑफ़ एभेरेस्ट का प्रधान संपादक रबिन पिया, इंजिनीयर सुनीलg सिटौला जो T.C.E.Q. मा कार्यरत छन, साहित्यकार हस्त गौतम "मृदुल", तथा नेपाली कला संस्कृतिको सम्बर्दन तथा प्रवर्दन सिलसिलामा देश बिदेशमा समेत आफ्नो कलाकारिता प्रस्तुत गरिसकेका कलाकार तथा पत्रकार दीपक कोइराला को समेत सहभागिता थियो।
गर्नु भएको थियो ।
गर्नु भएको थियो गर्नु भएको थियो समाजले भूटानी हरुलाई स्वागत गर्दै उनीहरुको अमेरिका सम्बन्धी जिज्ञासा को बारेमा समेत प्रष्ट परेका थिए। अमेरिकामा बस्दा जान्नु पर्ने अत्यावश्यक कुराहरुको बारेमा समेत जानकारी गराइएको सो कार्यक्रम मा भाषाबिद डा कमल अधिकारी ले आफै द्वारा लिखित अंग्रेजी नेपाली शब्दकोश को नि शुल्क बितरण गर्नु भएको थियो ।
भर्खर नेपाल बाट ऑस्टिन आइपुगेका ३० भन्दा बढ़ी भूटानी शरानार्थिहरुको सहभागिता रहेको उक्त कार्यक्रम मा व्यवसायी द्वय निर्मल कुमार श्रेष्ठ हेम पाठक ले शरणार्थी हरुलाई २ थान कंप्यूटर प्रदान गर्ने र कंप्यूटर सिकाउने समेत बचन बद्दाता व्यक्त गर्नु भएको थियो । http://www.timesofeverest.com/ का संचालक सुदर्शन धिताल को संयोजकत्व मा संपन्न उक्त कार्यक्रम मा प्रधान सम्पादक तथा संचालक रबिन पिया ले भूटानी नेपाली हरु को आवाज लाई आफ्नो वेब मार्फ़त बिश्व जनमानस मा सम्प्रेसन गर्ने प्रतिबधता ब्यक्त गर्नु भयको थियो।
महेश गुप्ता
ऑस्टिन

No comments:

Powered By Blogger