Tuesday, May 19, 2009

एभेरेस्ट नेपाल कल्चरल ग्रुपका बाल कलाकार द्वारा अमेरिकामा सांस्कृतिक प्रस्तुति




अमेरिका को मिनिसोटा राज्य स्थित सेन्ट पावल को रिभर साइड मा सम्पन्न Festival of the Nations. नामक अंतरास्ट्रीय सांस्कृतिक महोत्सव मा नेपालको तर्फ़ बाट एभेरेस्ट नेपाल कल्चरल ग्रुपले प्रतिनिधित्व जनाउदै नेपालको मौलिक लोक नृत्य को बेजोड़ प्रस्तुति गरेर भर्खरै स्वदेश फर्कियेको छ। सो कार्यक्रममा १५ बर्ष मुनिका बालकलाकार हरुको सहभागिता रहेको थियो।
बरिष्ट लोक गाएक तथा संगीतकार नारायण रायामाझिको संयोजकत्वमा आएको उक्त टोलीले महोत्सवमा मारुनी , झ्याउरे, सतार, झोडा, नृत्य का साथै सारंगिको धुन समेत प्रस्तुत गरेको थियो। ९० भन्दा बढ़ी अंतरास्ट्रीय सांस्कृतिक समुहले भाग लिएको सो महोत्सव्मा नेपालको तर्फ़ बाट एभेरेस्ट नेपाल ले नै सहभागिता कसरी पायो त भन्ने प्रश्नमा एभेरेस्ट नेपालका कार्यकारी निर्देशक रायमाझी भन्नुहुन्छ " हाम्रो संस्थाले पहिला पनि अमेरिकाको भर्जिनियामा येस्तै अंतरास्ट्रीय सांस्कृतिक बालमेलामा भाग लियिसकेको सो कार्यक्रम, आयोजक लाई मन परेको र अहिलेको आयोजक लाई नेपाली कार्यक्रमको बारेमा जानकारी दिएर हामीलाई निमंत्रना गरेकोले हामी सहभागी भएका हौं "
एही आउने २०१० को मार्च महिना मा नेपालमा पाँचौ अंतरास्ट्रीय लोक मेला( 5th International Folk Festival 2010) आयोजनाको तयारीमा जुटेको उक्त संस्थाले सन २००२ देखि आफ्नो एक्लो प्रयासमा अंतरास्ट्रीय स्तरको सांस्कृतिक महोत्सव गर्दै आइरहेको छ। १० वटा देशले भाग लिने र १० दिन सम्म चलने आउदो महोत्सव, काठमांडू, ललितपुर, पोखरा, पाल्पा र बुटवल मा आयोजना हुने कुरा एभेरेस्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष तथा प्रवंध निर्देशक राम चंद्र कोइराला ले टाईम्स अफ एभेरेस्ट लाई जनाउनु भएको छ।

टाईम्स अफ एभरेस्ट का लागी दीपक कोइराला



No comments:

Powered By Blogger