Thursday, May 21, 2009

घुम्दै घुम्दै टैक्सस अस्टिन पुग्दा







जीवनको २४ बसन्त संग हिड्दै गर्दा अमेरिकाको टैक्सस अस्टिन आइपुगेको छू। हुनत जीवनको एति छोटो अवधिमै मैले बिस्वको बिकसित देशहरुमा भ्रमण गर्ने सौभाग्य पाइसकेको छू। तेसको लागी मैले मेरो संस्था जसले मलाई एस्ता अवसर दिएको छ भाविस्यमा पनि दिने आश राखेको छू, लाई धन्यवाद दिनै पर्छ। मलाई यूरोपको अधिकांश देश हरुको भ्रमण पश्चात् बिश्वकै सर्वाधिक सम्पन्न शक्तिशाली र सामान्य नेपालीको सपनामा मात्र सिमित हुन सफल, विश्वको जुनसुकै समस्याको पनि बिशेष चासोका साथ हेर्ने, र बिश्वका अधिकतम मानिसहरु को गन्तब्यस्थल(चाहे त्यों स्थाई होस या अस्थाई) को रुपमा परिचित राष्ट्र अमेरिकाको भ्रमण गर्न मनमा व्यग्रता जाग्दै गएको थियो। अन्तत्वगत्वा गत्वा मैले त्यों अवसर पनि पाए।


पहिलोपटक जव काठमांडू आउदा कुहिरो भित्र हराएको काग जस्तो भएको थिए, मैले समान अनुभूति गरे जव म न्यू योर्क शहरमा ट्रेन भित्र खचाखच आर्यन, मंगोल, एसियन, अथवा गोरा, काला, गहुगोरा, नाक चुच्चे, नेप्टे, चेप्टे, डल्ले, लामघारे आदि बहु प्रकृतिका मानिस हरुलाई एकै डिब्बा भित्र ठेलमठेल गर्दै यात्रा गर्दा। मैले पहिलो पटक काठमांडू आएर बस चढेर हिड्दा गौसलामा ओर्लानुपर्नेमा कोटेश्वर पुगेको घटना सम्झियेको थिए जव मैले न्यू योर्क मा आफुले गंतव्य भुलेर अन्तै ट्रेन स्टेशनमा झर्दा।


नया हिन्दी फ़िल्म र अंग्रेजी सिनेमा मा देखियेका ठूला महल नदेखिएसम्म मलाई अमेरिका आएको कुनै आभाष भएको थिएन। तर जव न्यू योंर्क आइपुगे, तव मलाई महसुश भयो की चंचल मनको अगाडी अमेरिका वा अन्य कुनै बिलासिता गौण हुदोरहेछ। मैले कतिपय सिनेमा मा नाएक ले म्याकडोनालको बर्गर टोकदै न्यू योंर्क सड़क बिन्दाश संग हिडेको देखेको थिए। अमेरिकाको हाई वे मा लाउड साउन्ड गरेर एभ्रिल र एकोन को अंग्रेजी गीत सुन्दै लँग ड्राइभ गरेको कल्पनामा मख्ख पर्ने म, समुन्द्रको किनारमा हरेक सप्ताहान्मा गएर समुंद्री छालमा पौडी खेल्दै बियेर र वाइनको चुस्किमा रम्न खोजेको मेरो मन, अहिले आएर सबैले बुझेको अमेरिकालाई म नाथेले बुझ्न नसकेको देख्दा आफै अचम्मित भैरहेको छू। बरु म अमेरिका आउन नपरेको भए बेश हुन्थ्यो की झै पनि लाग्दै छ मलाई, कमसेकम मैले गरेको कल्पना त गरिरहन पाउथे नि अव त ति कल्पना पनि भताभुंग भएको छ यहाको वास्तविकता संग नजिक हुदा। म एक आम नेपाली र यहाँ म जस्ता हजारौ नेपाली संतुष्ठ भएर बसेका छन तर मेरो २ हप्ता को बसाई २ बर्षको झै भएको छ। हुनत जे कुरा पनि मनासिकताले फरक पार्दछ। सायेद मेरो सोचाई र चाहना हाड़ीघोप्टे पो होकी? नत्र किन सबैलाई चित्त बुझेको छ मलाई छैन फेरी आफैले जवाफ खोजे, सायेद सबैको व्यस्तता भित्र मेरो फुर्सदिले पो हो की वा सबैको कमाई संग मेरो फगत खर्चले पो हो की, वा होम सिक पनि त हुन सक्छ एदि अरुको जस्तै मेरो पनि कमाई, अरुको जस्तो मेरो पनि आफ्नै अपार्टमेन्ट आफ्नै गाड़ी र बैंक को क्रेडिट कार्ड हुदों हो र निस्फिकरी मध्य रात सम्म सोम रसको सुरमा हरियो डलर खर्च गर्ने तागत भयो भने बा मैले पनि त्यों कहिलेई माथि उठन नसक्ने गारी धुजपतंग हुन लागेको देशलाई बिर्सिने पो थिए की। मैले पनि त्यों आफैमा निरीह, युवा पीढी कोही नभएको, र भएका हरुमा पनि तं ठुलो की म ठुलो वा तं फलानो म फलानो पार्टीको भन्दै पार्टी मुखी हुदै गैरहेको गाऊं बिर्सिने पो थियेकी। वा कुनै डिस्कोमा भेटीयेकी गोरी वा कालिको क्षणिक रोमान्समा भुलेर मेरो भावना र बिचार लाई सम्मान गर्ने मेरी सहह्रिदयिलाई नै मिस गर्ने बानी हराउदै जान्थ्यो की। तर यी सबै कुरालाई a मात्र हाइपोथेसिस बनाउने क्रममा छू। किनकी न मैले माथि देखेको सपना लाई न त मैले मर्न दिएको छू न त्यतिमा मात्र आफ्नो जीवनको सार्थकता नै देखेको छू।



मैले जर्ज डब्लू बुशको बायोग्राफी हेरेपछी टैक्सस घुमने सपना देखेको थिए। आख़िर घूमी पनि छाडे तर म भ्रममा पो रहेछु किनकी मैले बुशको बायोग्राफी हेर्दा मैले आफैलाई बुश संग तुलना गर्ने भूल गरेको रहेछु। जसले गर्दा बायोग्राफी को टैक्सस र मेरो बर्तमानको टैक्सस फरक पाएको छू। बयोग्राफिमा बुश आफ्नो महँगो र बिलाशी मोटर चढेर निश्चित उद्देश्य बोकेर टेक्सासको सड़क पार गरिरहेका थिए तर मेरो बर्तमानमा म यौटा पब्लिक बस चढ़न पानी नजानेर अलमल्ल परिरहेको छू।



अमेरिका आएर पनि मैले कुन चाही खाट्टी अमेरिकन हुन भन्ने कुरा भुझ्न नसक्नु मेरो कमजोरी होला तर मैले सोचेको गोरो छाला र कहिले काही सि एन एन मा वा कुनै अमेरिकन सिनेमा मा देखेका जस्ता मानिस त धेरै देखिन। म अस्टिन को जुनसुकै ठाउ, सुपरमार्केट, कुनै स्टोर, वा कुनै रेस्टुरेंट म जादा धेरै नेपाली देख्छु। र मलाई अरु कुनै नेपाली अनुहार देखने बित्तिकै बोल्न र मनका कुरा गर्ने बनिले गर्दा म पनि ति नेपाली हरुलाई नमस्ते सहित आफ्नो परिचय दिन्छु तर जवाफमा नबुझिने केहि शब्द पाउदा झनै अचम्म मा पर्छू र पछि बुझदा थाहा पाउछु उनिहरु त टैक्सस को नजिकैको दक्षिण अमेरिकी मुलुक मेक्सिकोका नागरिक हुदारहेछन। कोही लाई भने न्यू योर्क को सडकमा हिड्दा हिड्दै नेपाली हो? भनेर सोध्दा नेपाली भाषामा नै म नेपाली होइन भनेर तर्किएर हिडेको देख्दा नेपाली नेपाली भेट्दा समेत नेपलित्व नपाउनाले म आफैमा दुखी हुदै किनार लाग्न बाध्य हुन्छु। तर फेरी कोही नेपाली समाज एस्तो पनि भेटेको छू, जसलाई आफुले चिनेको जती नेपाली जो छन उनिहरु संग सम्पर्कमा नरही बस्न नसक्ने। यहाँ केहि नेपाली परिवार एस्तो भेटेको छू जसको आफ्ना भन्ने नै नेपाली छन। उनिहरुका दाजू भाई, दीदी बहिनी, मामा, काका, ठुलोबा, मामाघर आदि सबैको को नियास्रो नेपाली ले नै मेटीदिएको छ।


यहाँ मैले अमेरिकन धनि हरु संग त भेटने मौका पाइन तर आफुलाई गरीब भन्न चाहने हरुलाई भने भेटेको छू। जो संग आफ्नै अपार्टमेन्ट, निजी सवारी साधन, टेलिभिजन मुभी क्यामारा आदि भएका गरीब भेट्दा मैले नेपालका सम्भ्रान्त परिवारलाई समझिये। त्यसो त सड़क छेउ छाउ मा बसी खान नपाएर हात पसारिरहेका अति बिपन्न मागने हरु पनि नदेखियेको होइन। यो बिचित्रको अमेरिकामा धेरै बिचित्र का कुराहरु देखें जहा ३ वटा w जसमा वाइफ, वेदर, र वर्क छीन छिनमा परिवर्तन हुदोरहेछ। एउटा बालक जो मेरो छिमेकी थियो जसले मलाई उसले आफ्नो एक नातेदार चिनाउदै भन्यो " ही इज माई मदर्स हजबेन्ड"। त्यों बालकको आफ्नै बाबु भन्ने अधिकार खोसियेको देख्दा मेरो मन कुंडियो। एक जना नेपाली दीदी जसले एकै घरमा बस्ने गरेता पनि आफ्नो श्रीमान संग भेट हुनको लागी हप्ता दिन कुर्नु पर्ने जनाइन। उनको काम दिनमा र श्रीमान को काम रातमा भएकोले। अमेरिकाको न्यूनतम मासिक कमाई भनेको नेपालको २ लाख को हाराहारिमा हुन्छ तर यो कमाइले यहाँ जीवन धान्न मात्र पुग्छ तर बचत गर्न सकिदैना। धरै नेपालीको गुनासो थियो।


अफ अपर्च्युनिटी भनेर चिनिने देशको कानूनी व्यबस्था, बिकाश निति, स्वस्थ्य सेवा, निशुल्क शिक्षा व्यबस्था लाई हाम्रो जस्तो देशले पनि अनुशरण गर्नुपर्छ भन्ने धारणा भएर पनि आफ्नो देशमा अंगीकार गर्न नसक्नु हाम्रा नेताहरुको कमजोरी हो। जो धेरै पटक अमेरिका वा अन्य बिकषित मुलुक घुमिसकेका छन।
जे होस यहाका रैथाने अमेरिकन र अन्य मुलुकका धेरै आप्रबशिलाई संतुलनमा राखेर पनि अमेरिकाले बसालेको सिस्टम लाई भने मान्नु नै पर्छ। हरेक सिक्काको दुई पाटा त हुन्छ नै

दीपक कोइराला
अस्टिन टैक्सस, अमेरिका

No comments:

Powered By Blogger