Tuesday, July 28, 2009

महाभारतका

द्रौपदी : ओहो ! कस्तो गर्मी पृथ्वीमा आजकालशुभद्रा : गर्मी हुन्न त, हेर न कस्ता hot hot केटाहरु
द्रौपदी : हो त ! त्यतिखेरको जमानामा झन केटाहरु नांगोछाती देखाएर हिड्थे, यस्तो hot feel हुन्नथ्यो शुभाद्रा : अहिलेका केटाहरु sizzling है पहिलेका भन्दा
कुंती : लाज लाग्दैन केटी हो यस्तो बोल्नद्रौपदी : उस्, उस्, सुर्यसँग उँ उँ गर्नेले अब….
कुन्ती : त्यो त एक भुल थियो, मात्र भूल ।
शुभाद्रा : भुलै भुलमा कर्ण आयो अनी महाभारत मच्चियो (सेटारो हान्दै)
द्रौपदी : अहिलेका केटीहरुलाई जे होस् मान्नै पर्छ । हाम्री सासुआमा जस्तो चुपचाप चै बस्दैनन् है शुभद्रा : बस्नु पनि हुन्न नि, त्यस्ले केटाहरुको मनोबल बढछ ।
कुन्ती : अहिले त धेरै परिवर्तन भएछ, ल हेर केटाकेटी अंगालो मारेका, ओहो ।
शुभद्रा : यि आमैलाई बेकार ल्याको । यो २१ औं शताब्दी हो आमा, त्यो पनि कलियुगको ।
द्रौपदी : यी बुढीलाई के था । english को राज चल्छ बाबै याँ त, हामी दुइटीले त सिकेर पनि आका छौं ।शुभद्रा : हे छोड, यी गन्थने बुढीलाई(छेवैको पृष्‍ठभूमीमा जिस्काउदै गरेको केटोलाई एउटी केटीले थप्पड हानेको दृश्य देखिन्छ)
शुभद्रा : (दाहिने हातका औंला मुखनजिक ल्याएर हाँस्दै ) गतिलो स्वाद पायो त्यो केटोले, अघिदेखी जिस्काँउदै थियो ।
द्रौपदी : (हल्का टोलाउदै) कास, हाम्रो जमानामा यती आत्मविश्वास भए पाँच पतिकी पत्नी हुनु पर्दैन थ्यो होला ।
शुभद्रा : (झस्काउदै) ह्याँ, के सोचिराको । भुताल्नु पर्ने बेलामा भुतालेनौ ति पाँच पाण्डवलाई, अनी अहिले सोचेर के हुन्छ ?
द्रौपदी : अहिले भको भये मैले जानेकी थिए । कती सहेकी छ त्यो मलाई नै थाहा छ । पाँचजनाकी स्वास्नी यिनै बुढीले गर्दा हो , वाहियात बुढी । जे ल्याका छौ बाडेर खाओ अरे, म बाँडेर खाने चिज हो ? मेरो जिन्दगी नै बिगारिदीइन यि बुढीले ।
कुन्ती : म बुढी भए भनेर ज्यादा नहेप मलाई, भन्द्या छ । अहिले पनि छोराहरु मेरै पक्षमा छन् , बुझ्या छ कि छैन ?
शुभद्रा : हे, छोडिदेउ द्रौपदी ति पुराना कुराहरु( सान्त्वना दिदै )
द्रौपदी : कसरी छोडनु, आफ्नी स्वास्नीलाई बाजीमा राख्न सक्ने कत्रो आँट यि बुढीका छोराहरुको ?शुभद्रा : (रिसाउँदै) तिमी साँच्चिकै त्यै लायककी रहिछ्यौ चीरहरणको , तिमीसँग केही भको भए न तिमीलाई लाज हुन्थो । तिमीलाई लाज शब्द अलिक नि भको भए त्यतिखेरै यि केटीले झै दुई झापड आफ्नै लोग्नेलाई तानेर दिन्थ्यौ, यसरी अहिले रुन्न्थियेउ ।
कुंती : अर्जुनकी स्वास्नीले एकदम ठीक कुरो गरी, द्रौपदी । म बुढीले बाँडेर खाओ भनी गल्ती गरे तर तिमीले बाजीमा मात्र रोएर ठुलो गल्ती गर्‍यौ । यदी तिमीले त्यो दिन केही गर्न सकेकी भए आज त्यो केटोले त्यसरी जिस्काउने आँट नै गर्न सक्ने थिएन, शायद ।
शुभद्रा : हो द्रौपदी , त्यतिखेर चीरहरण, अहिले शब्द प्रहार…. फरक यत्ती छ ।
कुन्ती : हे कती रोकी, क्युँ कि सास भी कभी बहु थी’ कि तुलसी जस्तो पिचिक पिचिक
द्रौपदी : (आँशु पुछ्दै) अब यो तुलसी कहाँबाट आइ नि ?
शुभद्रा : ल हेर, तुलसी था छैन, सिरियलकी तुलसी (सम्झाउन खोज्दै)एकता कपुरको सिरियलकी तुलसी क्या त ।
कुन्ती : कस्ती लाटी रैछ(हल्का हातले काँधमा पिट्दै )एकता क्या त, सिरियल बनाउने छे नि , एउटै स्वास्नीको चारपाँचवटा लोग्नेवाला सिरियल हो त्यै ।
द्रौपदी : लौ, भनेपछी मेरो कहानी सिरियलमा आउन थालेछ क्यार । पहिले म बाध्यताले पाँच पाँचवटाकी श्रीमती भा थ्ये , अहिले चै किन हुँदा रहेछन नि ?
शुभद्रा : modernize हुनलाई होला नि, स्वाद फेर्न पो हो कि ?
कुन्ती : फेरी छिल्लिएको कुरो गरी येल्ले, अहिलेको चलनै होला नि यस्तै कि वा कहानी तान्न त्यस्तो देखाउँछन होला ।
द्रौपदी : (केही भावुक हुँदै) यदी म जस्तै द्रौपदी जन्मदै छन भने त राम्रो हैन नि आमा । पाँचवटाकी पत्नी द्रौपदी बारम्बार जन्मनु हुन्न।
शुभद्रा : के गर्छौ त ! नेपालमा जस्तै टायर बाल्छौ, आन्दोलन गर्छौ, बिरोध जनाउन ?
द्रौपदी : किन ? नेपालमा बिरोध जनाउन यस्तै यस्तै गर्छन त ?
कुन्ती : लौ मेरी बुहारी लाई latest news को बारेमा जानकारी नै रै न छ। आफुलाई up to date राख मेरी बुहारी , up to डेट ।
दुवै : (आश्चर्यचकित मुद्रामा) आमा तपाईं अनी english ?
कुन्ती : केटी हो, आफुलाई up to date राख्ने अर्थमा आफु के हो, बिर्सन्नुहुन्न । म कसैकी आमा हुँ, अनी कसैकी छोरी । म आफु सारी नै लगाएर जिन्स पाइन्ट लगाउने समयको कुरा बुझ्न सक्छु, त्यही नै हो सहि मानेमा up to date, न कि सारी फ्यालेर जिन्स पाइन्ट लाउँदैमा up to date हुइन्छ ।

No comments:

Powered By Blogger