Saturday, July 25, 2009

कृत्रिम बजार भाउ बृद्धि गरेको मा खाद्यान्न गोदाममा छापा

दैनिक उपभोग्य वस्तुको मुल्यमा लगातार वृद्धि भएर भाउ आकाशिएपछि सरकारले बजार अनुगमनका प्रभावकारी कदम चालिने बताउँदै कृत्रिम बजार भाउ बृद्धि गरेको आशंकामा जिल्ला प्रशासन कार्यालयले शनिबार उपत्यकाका विभिन्न खाद्यान्न गोदाममा छापा मारेको छ ।

पर्याप्त खाद्यान्न रहंदारहंदै पनि लुकाएको स्पष्ट भएपछि कार्यालयले कुलेश्वरस्थित वंशल ट्रेडर्स र श्यामबाबा ईन्टरप्राईजेज तथा कोटेश्वरको एक खाद्यान्न पसललाई सिलबन्दी समेत गरेको छ ।
व्यापारीले बन्द, आन्दोलन, आपूर्ति कम तथा बजेट भाषण र तलबवृद्धिको अवसर छोपी ह्वात्तै मूल्यवृद्धि गर्ने गरेका छन्। भने दैनिक उपभोग्य वस्तुको बजार भाउ आकाशिएर अहिले ३० प्रतिशतसम्म वृद्धि भएको छ । ।

No comments:

Powered By Blogger